site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त प्रस्ताव गरिएको हो ।

नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुल्कको प्रबन्ध पहिलोपटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।

विश्वविद्यालयमा विदेशी विद्यार्थी समेत आकर्षण गर्ने सरकारको नीति छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्