site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्रीले भने– बजेट यथार्थपरक

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।

बिहीबार (जेठ १५) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले आफूले ल्याएको बजेट बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चुनौती नहुने जिकिर गरे ।

Argakhachi Cement Island Ad

थालिएका आयोजना सम्पन्न गर्न बजेटमा विशेष ध्यान दिइएको उनले बताए । निजी क्षेत्रको मनोबल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले बजेट अनुकूल रहेको उनले जिकिर गरे ।

अर्थमन्त्री पौडेलले अनावश्यक रूपमा स्रोतको अनुमान नगर्नु नै यो बजेटको विशेषता रहेको बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्