
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निम्ति दुई अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
महिलामाथि हुने सबै विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे । उनले बेवारिसे तथा अभिभावकविहीन बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक पुनर्स्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने बताए ।
बाल सुधारगृहको क्षमता विस्तार गरिने उनले जानकारी दिए ।
उनले बाल हेल्पलाइन सेवालाई नागरिक एप्ससँग आबद्ध गरिने बताए । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लगिने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल