अर्थ व्यवसाय

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई धितोपत्र दोस्रो बजारमा कारोबार गर्न दिने व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एनआरएनहरूलाई दोस्रो बजारमा सेयर कारोबार गर्न दिने बताए ।
“गैरआवासीय नेपालीलाई दोस्रो बजार कारोबार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ,” पौडेलले भने ।
नेपाल धितोपत्र बोर्डले यससम्बन्धी अध्ययन पनि गराइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:०३
प्रतिक्रिया दिनुहोस्