site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लाइल्याक वेलनेस एण्ड स्पामा सिद्धार्थ बैंकका ग्राहकलाई छुट
Argakhachi Cement Island Ad

काठमाडौं । सिद्धार्थ बैंक र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एण्ड स्पामा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्