site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदानको घोषणा
Argakhachi Cement Island Ad

काठमाडौं । ‘रण–अम्बिका सेवा पुरस्कार २०८२’ यस वर्ष नेपाली भाषा साहित्यको उत्थानमा समर्पित संस्था नेपाल स्रष्टा समाजलाई प्रदान गरिने घोषणा गरिएको छ । 

रण–अम्बिका शाह सेवा गुठी नेपालले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यसपटक स्रष्टा समाजलाई प्रदान गर्न लागेको गुठीका अध्यक्ष डा. चिन्तामणि योगीले विज्ञप्तिमार्फत जानकारी दिए । 
 
पुरस्कारका साथ नगद राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 

समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी पत्नी अम्बिका मल्लको नाममा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले यसअघि सिर्जनात्मक कला गुठी नेपाल धोबिघाटकी संस्थापक उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारापानीलाई प्रदान गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्