site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराष्ट्रपतिको चीन भ्रमणलाई अस्वभाविक घटनाका रूपमा लिन आवश्यक छैन : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई अस्वभाविक रूपमा लिन नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले भण्डारीको भ्रमणले दुई देशको सम्बन्धलाई सुमधुर बनाउन योगदान पुर्‍याउने बताए । 

“यो सामान्य कुरा हो । पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमणमा जानुभएको छ । पार्टीका नेता पनि सामेल हुनुभएको छ । यसलाई अस्वभाविक घटनाका रूपमा लिन आवश्यक छैन,” उनले भने, “दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने प्रक्रियास्वरुप उहाँको योगदानका रूपमा बुझ्नुपर्दछ ।”

Argakhachi Cement Island Ad

उनले कांग्रेससँगको सहकार्यलाई ०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताए । उनले वामपन्थी एकताको चर्चाबारे पत्रकारको प्रश्नमा उनले मुलुकलाई अस्थिरतातिर लैजाने शक्तिसँग एकताको पक्षमा पार्टी नरहेको बताए । “आज मुलुकलाई अस्थिरतातिर लैजाने खालको जनताको अपेक्षा र आशालाई निराशामा बदल्ने काम आफूलाई वामपन्थी भन्ने तर वामपन्थी शक्तिलाई कमजोर पार्ने व्यक्तिहरूबाटै भयो,” उनले भने, “जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको छ । त्यसैलाई धुरी बनाएर एकता गर्दा फाइदा हुन्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन ।”

एमालेलाई नै बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टी प्रवेश र राजानीतिक ध्रुवीकरणको पक्षमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्