site stats
बाह्रखरी :: Baahrakhari
देश
एनआरएनए प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ । बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भएको भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गरेका थिए ।

Argakhachi Cement Island Ad

गर्भनर प्रा.डा. पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताएका थिए ।

यस्तै, लामो समयदेखि माग गर्दै आएका नीतिगत सुधारका पहलहरू सम्बन्धमा पनि पत्रमार्फत जानकारी गराइएको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्