
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति फेर्ने पार्टीको सोच रहेको बताए ।
“राजनीतिक दलबीच सहमति हुन सक्यो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गरेर बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजानु उपयुक्त हुन्छ,” उनले भने ।
उनले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र भएको पनि बताए । त्यो दिनलाई कमजोर बनाउन भएका गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ ।
महासचिव पोखरेलले जनताको उपलब्धि खुसी साटासाट गर्न बिहीबार पार्टीका तर्फबाट कार्यक्रम गर्न लागिएको बताए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गणतन्त्र दिवस पनि हो ।