site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते आफूहरूले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । 

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । तथापि कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले जिकिर गरे । 

Argakhachi Cement Island Ad

संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरूलक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको उनले आरोप लगाए । 

शान्तिवाटिकामा आफूूहरूको कार्यक्रम शान्तिपूर्ण हुने उनको भनाइ छ । शाहीले आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे । 

उनले आफूहरूको पीएसओ हटाएको विषयमा भने सरकारसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्