site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार( आज)का लागि पेसी तोकिएको हो । 

सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिएका छन् । 

Argakhachi Cement Island Ad

रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ । 

राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । 

पौडेल जेठ ६ गते गभर्नर नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०५:५६
प्रतिक्रिया दिनुहोस्