site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । थेबे १८८ मतान्तरले विजयी बनेका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ ।

कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार (जेठ १३) बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्