राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनको हङकङ जाने भएकी छन् । उनी अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा पर्यवेक्षकको रूपमा सहभागी हुन हङकङ जान लागेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको हङकङ भ्रमण स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोह २०८२ जेठ १४ गतेदेखि १८ गतेसम्म हङकङमा हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १७:२१
प्रतिक्रिया दिनुहोस्