site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘शाम्बाला’ ओपनिङ सिनेमा

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५मा ‘शाम्बाला’ ओपनिङ सिनेमाको रूपमा रहने भएको छ । 

आयोजकले प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गर्दै मीन भामको ‘शाम्बाला’ ओपनिङ सिनेमाको रूपमा रहने जानकारी दिएको हो । 

Argakhachi Cement Island Ad

‘पूजा सर (राजागंज)’ र  ‘भूठान’ पनि  महोत्सवमा प्रदर्शन हुनेछन् । अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सव जुन २६  देखि २९ सम्म हुनेछ । 

महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१  चलचित्रहरू प्रदर्शन हुनेछन् । 

ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ्ः द रेस फोर क्रिटिकल मिनिरल’ र  निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई चलचित्र प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्