site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले माग्यो उच्चस्तरीय छानबिन आयोग
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ । रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताए । 

“संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्नेगरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन,” उनले भने ।
 
उनले कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए । “एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन । मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ । प्रश्न गृहमन्त्रीमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्