देश

काठमाडौं । कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजे उनले सगरमाथा आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् ।
सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ ।
उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ ०८:०१
प्रतिक्रिया दिनुहोस्