
काठमाडौं । अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड सार्वजनिक गरेको छ । यो नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट क्षमता भएको नयाँ महिन्द्रा बोलेरो भएको कम्पनीको दाबी छ ।
काठमाडौंको गैरीधारा, पोखरा, वीरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुममा आइतबार (२०८२ जेठ ११ गते) औपचारिक सार्वजनिक गरिएको हो ।
६३ बीएचपीको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु–डीआई–सीआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७ टी, उत्कृष्ट पर्फमेन्स र युटिलिटीका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको बताइएको छ । यसमा नौ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र नौ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ ।
साथै, श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन–कुशलता (फ्युल–इफिसियन्सी) पनि सुनिश्चित गर्ने बताइएको छ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश छन् ।
महिन्द्रा बोलेरो पिक–अप १.७ टीको मूल्य २५ लाख ६५ हजार रुपैयाँ पर्ने बताइएको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक–अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुपअन्तर्गतकै कम्पनी अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७० प्रतिशतसम्म फाइनान्सिङ, एक दिनमै छिटो कर्जा निर्णय, ९.९९ प्रतिशतको ब्याजदर हुने बताइएको छ । २०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि यो ब्याजदर हुने बताइएको छ ।
त्यस्तै, शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिइ सजिलै पिक–अप खरिद गर्न सकिनेछ । अग्नि इन्करपोरेटेड नेपालको महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक हो ।