site stats
बाह्रखरी :: Baahrakhari
देश
राजु पाण्डेको स्पष्टीकरण– मेयरको आदेश मानेँ, गाडीको सुरक्षा गर्न ह्विललक लगाएँ
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् । सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले स्पष्टीकरण बुझाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत निकट स्रोतका अनुसार, सातबुँदे स्पष्टीकरणमध्ये पाण्डेले ६ बुँदामा मेयरको आदेश पालना गरेको बताएका छन् । एउटा बुँदामा गाडीकै सुरक्षाका लागि ह्विललक लगाएको उल्लेख छ ।

Argakhachi Cement Island Ad

“उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतले सोधेका सात बुँदामा ६ वटा बुँदा मेयरको आदेशमा पालना गरेको र बाँकी एक बुँदा गाडीको सुरक्षाका लागि ह्विललक लगाएको भन्ने स्पष्टीकरण आएको छ,” स्रोतले भन्यो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि पाण्डेले सोमबार स्पष्टीकरण बुझाएको पुष्टि गरे । “स्पष्टीकरण आएको छ । स्पष्टीकरणमा कानुनबमोजिम सो कार्य गरेको उल्लेख गर्नुभएको छ । म विस्तृत हेरेर कानुन व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्छु,” गुरागाईंले बाह्रखरीसित भने । 

गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । सोही दिनको घटनालाई लिएर गुरागाईंले जेठ यही जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

सो घटनाको दिन नै उपमेयर सुनिता डंगोलले पनि पाण्डेसँग जवाफ माग्दा पाण्डेले मेयरको मौखिक आदेश आएको र सोही पालना गरेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्