site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२७ सय विन्दुमा टिक्न सकेन नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५.२१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २७४५ विन्दुसम्म पुगेको थियो । तर, अन्तिममा बजार घटेर २६७४.७६ विन्दुमा बन्द भएको छ ।

२७ सय विन्दु पार गरेको आज मात्र होइन । गएका चार कारोबार दिनदेखि नै बजारले २७ सय विन्दु पार गरेको छ । तर, यो विन्दुमाथि बजार टिक्न सकेको छैन ।

Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएकाले आज सोमबार बजारमा केही सकारात्मक प्रभाव पर्ने आकलन थियो ।

तर, बजार खुलेको केही मिनेट मात्र उच्च अंकले बढेको थियो । राष्ट्र बैंकको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कामय गरेको छ ।

आज कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज सात अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्