site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले भन्यो : गृहमन्त्रीले राजीनामा दिनुपर्छ
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
 
सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । “पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्ने पार्टीले निष्कर्ष निकालेको छ,” उनले भने । 

गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । “जति ढिला भयो उति साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष हो,” सापकोटाले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्