site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । गत सोमबार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कार्यक्रम सभामा पेस भएको थियो । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेस गरेका थिए । आइतबार बसेको सभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । 

Argakhachi Cement Island Ad

सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले प्रदेशको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नका विषयमा मुख्यमन्त्री कार्कीले जवाफ दिएका थिए ।

उनले प्रदेश सरकारले दीर्घकालीन हित र प्रदेश विकासको खाका कोर्ने गरी नीति तथा कार्यक्रम तयार गरेको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्