site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सार्वजनिक गरिँदै पल्सर एन१२५

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालगन्जमा बजाज पल्सर एन१२५ सार्वजनिक गर्ने भएको छ । एक कार्यक्रममार्फत पल्सर एन १२५ सार्वजनिक गर्न लागिएको हो ।

कार्यक्रम आइतबार (जेठ ११) साँझ ६ः३० बजेपछि वागेश्वरी मन्दिरको पूर्वतर्फ आयोजना गरिनेछ । कार्यक्रममा प्रवेश निःशुल्क हुने कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उपस्थित दर्शकलाई सांगीतिक प्रस्तुतिको रमाइलो अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा चर्चित नेपाली कलाकार सुगम पोखरेल र चक्र बमको प्रत्यक्ष प्रस्तुति रहनेछ ।

बजाजको नयाँ पल्सर एन१२५ मोटरसाइकलमा १२४.५८ सीसीको एयर–कुल्ड, सिंगल–सिलिन्डर इन्जिन छ । त्यसले ८.८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्नेछ ।

“हामी नयाँ एन१२५ नेपालगन्जमा ल्याउँदै छौँ र बाइकप्रेमीहरू र सवारीसाधनका पारखीहरूबाट ठूलो उपस्थिति अपेक्षा गरेका छौँ,” हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्