site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अलिशा राईले किनिन् ओमोडा ई–फाइभ

काठमाडौं । चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ किनेकी छन् । ईभी किन्दै राईले विद्युतीय गाडीको यात्रामा पाइला चालेकी हुन् ।

उनले ‘लुट २’ चलचित्रमा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी थिइन् । आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ रोजेकी उनले जनाएकी छन् ।

Argakhachi Cement Island Ad

ओमोडा ई–फाइभ शक्ति, स्टाइल र टिकाउपनको राम्रो संयोजन भएको गाडी हो । यो लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । यो गाडीमा एकपटक चार्ज गर्दा ४३० किमिसम्म यात्रा गर्न सकिन्छ ।

गाडी ० देखि १०० किमि/घण्टा ९.२ सेकेन्डमा पुग्छ । यसको अधिकतम गति १७२ किमि/घण्टा रहेको कम्पनीको दाबी छ ।

आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषता र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्