site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ८.५७ अंकले घट्यो, सात अर्ब ६० करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ८.५७ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर २६७९.९८ विन्दुमा बन्द भएको हो ।

आज सात अर्ब ६० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत सातको बिहीबार नौ अर्ब ८२ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

Argakhachi Cement Island Ad

आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४८ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ८.२८ प्रतिशतले घटेको छ  ।

कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनानस र व्यापार समूहको परिसूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहको परसूचक २.३२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक ०.१३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्