site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेता र प्रशासकको चिन्तन कमाउने मात्र भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको समस्याको बेवास्ता गरी भ्रष्टाचारमा मात्र लिप्त भएका कारण जनतामा वर्तमान व्यवस्थाप्रति नै निराशा छाएको टिप्पणी गरेका छन् ।

शनिबार (जेठ १०) काठमाडौंमा जनमोर्चाले आयोजना गरेको गणतन्त्रका विषयमा छलफल कार्यक्रममा उनले दलका नेताहरूका कारण जनताले लोकतन्त्रमाथि नै प्रश्न उठाएको समेत बताए ।

Argakhachi Cement Island Ad

हाल लोकतन्त्र र गणतन्त्र निकै अप्ठ्यारोमा रहेको भन्दै उनले सबै सचेत हुनुपर्ने धारणा राखे । भ्रष्टाचार गर्ने नेता, प्रशासक सबैलाई कारबाही गरेर सुशासन कायम गर्न राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष केसीले नेता र प्रशासकको चिन्तन कमाउने मात्र भएका कारण मुलुक अप्ठ्यारोमा परेको टिप्पणी गरे । सार्वजनिक निकायमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्न आफूले पटक–पटक भन्दा पनि कोही तयार नभएको उनको भनाइ थियो ।

उनले केही मानिसको रिसले वर्तमान व्यवस्थाविरुद्ध धावा बोल्ने कार्य उचित नभएको बताए । व्यवस्था बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्