site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फेरि घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । हिजोको तुलनामा आज डलरको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । शुक्रबार १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम थियो ।  
 
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम थियो । स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

Argakhachi Cement Island Ad

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ  ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०५:४९
प्रतिक्रिया दिनुहोस्