
काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँणले सार्वजनिक टिप्पणी भइरहेका व्यक्तिलाई संयोजक बनाएको भनेपछि आपत्ति जनाएकी छन् ।
रास्वपा सांसद असिम साहले भैरहवा विमानस्थल अनियमितता छानबिन उपसमितिमा संयोजक बनाएर फसाउन खोजिएको भनेपछि खाँणले आपत्ति जनाएकी हुन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा खाँणले भनिन्, "मिडियाले भनेका भरमा कुन निकायमा के छ ? तपाईंले बोली फिर्ता लिनुपर्छ ।"
उनले साहलाई आफूले बोलेको शब्द फिर्ता लिन पनि आग्रह गरिन् । "यो अत्ति भयो इनफ इनफ । हामी नै हो अदालत ? सार्वजनिक लेखा समितिले त कारबाही गर्ने अधिकार छैन । तपाईंको पार्टीमा तपाईंको सभापति कहाँ हुनुहुन्छ ? यो शब्द फिर्ता लिनुपर्छ," उनले भनिन् ।
योगेश भट्टराईमाथि स्वार्थको द्वन्द्वको प्रश्न उठाएपछि खाँणलाई उपसमिति संयोजक बनाइएको थियो ।