site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्व पौडेललाई गभर्नर बनाउने सहमति
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति जुटेको छ । मंगलबार बालुवाटारमा भएको छलफलमा पौडेललाई गभर्नर बनाउने सहमति भएका हुन् । 

“गभर्नर कुन पार्टीले पाउने भन्नेमा समस्या थिएन । कांग्रेसले पाउने सहमति भए पनि फरक–फरक नाम आएको थियो,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “सम्भवतः आजै गभर्नर नियुक्ति हुन्छ ।” 

मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ ५ बजेका लागि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्