site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै तहमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सेवा प्रवाहको प्रभावकारिता बढाउन तथा भ्रष्टाचारजन्य गतिविधि घटाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ‘जीआईओएमएस’ तीनै तहमा लागु गर्न माग गरेकी छन् । 

संसद्को मंगलबारको शून्य समयमा बोल्दै सांसद मिजारले यसले सेवा प्रभावहको प्रभावकारिता साथै भ्रष्टाचार नियन्त्रणमा पनि सहयोग पुग्ने बताइन् । मिजारले भनिन्, “सेवा प्रवाहको प्रभावकारिता बढाउनुका साथै ब्याकडेटमा निर्णय भएको देखाउने, मिलेमतो गर्ने र भ्रष्टाचारजन्य गतिविधिलाई न्यूनीकरण गर्न समेत प्रभावकारी कदमको रूपमा देखिएको जीआईओएमएस तीनै तहका सरकारका सबै निकायमा लागु गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा विशेष प्राथमिकतामा राख्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” 

उनले सरकारी कामकाजलाई डिजिटल र कागजरहित बनाउनका निम्ति विकास गरिएको जीआईओएमएस प्रणालीमार्फत सरकारी निकायहरूले विद्युतीय माध्यमबाट तोक आदेश, टिप्पणी, दर्ता–चलानी, हाजिरी, बिदा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्यसम्पादन मूल्यांकन र अन्य प्रशासनिक कार्यहरू सञ्चालन गर्ने प्रणालीले पारदर्शितासँगै सेवा प्रवाहको गुणस्तरमा पनि सुधार भएको बताइन् । 

हालसम्म यो प्रणााली नेपाल सरकारका १३० वटा निकायमा मात्र लागु गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्