राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार बेलुका नै भेट गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो ।
प्रधानमन्त्री सचिवालयका सदस्य रामशरण बजगाइँले दिएको जानकारीअनुसार केहीबेरअघि भेटवार्ता भएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्