
काठमाडौं । प्रविधि क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको ब्ल्याक भ्युले नयाँ ट्याब्लेट ‘ब्ल्याक भ्यु ट्याब मेगा २’ नेपाली बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक डिजाइन र शक्तिशाली हार्डवेयरको संयोजनले यो ट्याब्लेट नेपाली बारमा लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
१२ इन्चको एचडी+ आईपीएस डिस्प्ले (१२००×२००० पिक्सेल र ६० हट्र्ज रिफ्रेस रेट) भएको यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसर मा आधारित छ । प्रयोगकर्ताको आवश्यकताअनुसार आठ जीबी वा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज विकल्पमा उपलब्ध यो ट्याबमा दुई टेराबाइटसम्म माइक्रोएसडी समर्थन सुविधा पनि छ ।
ब्याट्री क्षमताका हिसाबले पनि ब्ल्याक भ्यु ट्याब मेगा २ दमदार देखिएको छ । नौ हजार एमएएचको ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टसहित यो ट्याब्लेट लामो समयसम्म प्रयोग गर्न सकिनेछ । १६ एमपी रियर क्यामेरा र आठ एमपी फ्रन्ट क्यामेराले भिडियो कल र फोटोग्राफी दुवैका निम्ति राम्रो अनुभव दिनेछ ।
यो डिभाइस एन्ड्रोइड १५ मा आधारित डोक ओएस ५.० मा सञ्चालन हुन्छ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक इन्टरफेस प्रदान गर्छ । डुअल–बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिमजस्ता सुविधा यसमा थप आकर्षण रहेको कम्पनीले जनाएको छ ।
प्रतिमूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको यो ट्याब्लेट दराज नेपाल र यन्त्र नेपालमार्फत अनलाइन अर्डर गर्न सकिन्छ ।
कम्पनीले भनेको छ, “यो ट्याब्लेट मनोरञ्जन, काम तथा अध्ययनका लागि उत्कृष्ट छ । प्रिमियम गुणस्तरका सुविधा किफायती मूल्यमा दिने हाम्रो उद्देश्य हो ।”