site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्माणाधीन संसद् भवनको प्रगतिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार (असार ९) सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकपछि सहरी विकास मन्त्रालयलाई उक्त जानकारी गराउन निर्देशन दिइएको हो ।

मन्त्रालयलाई समितिका सभापति ठाकुरप्रसाद गैरेले तीन दिनभित्र संसद् भवनको भौतिक प्रगति र सांसदहरूले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिए । सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको उनले बताए ।

पूर्वाधार विकासको कार्यान्वयनमा किन यति धेरै समस्या भन्ने बारेमा जानकारसँग अन्तरक्रिया र छलफल गर्न सके उपलब्धिमूलक हुने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्