site stats
बाह्रखरी :: Baahrakhari
देश
टोखामा मोटरसाइकल चोरेर हिँडेका युवक भक्तपुरबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको टोखामा मोटरसाइकल चोरी गरेर हिँडेका एक युवकलाई ट्राफिक प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–११, तेर्से घर भई काभ्रेपलाञ्चोकको बनेपामा बस्दै आएका २८ वर्षीय प्रतिमान गोले छन् ।

वाग्मती प्रदेश ०२–०५६ प १२५२ नम्बरको मोटरसाइकल चोरी गरेको उनीमाथि आरोप छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, भातेढिकुरबाट शुक्रबार (जेठ २) बेलुका उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले जानकारी दिए ।

उक्त मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । त्यो मोटरसाइकल तनहुँको भानु नगरपालिका–२ का वासुदेव लोहनीले शुक्रबारै काठमाडौंको टोखा नगरपालिका–३, धनेश्वरबाट हराएको भनेर खोजीनिम्ति ट्राफिक प्रहरीमा निवेदन दिएका थिए ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका गोलेलाई आवश्यक अनुसन्धाननिम्ति प्रहरी वृत्त महाराजगन्ज पठाइएको एसपी गिरीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्