site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शनिबार (जेठ ३) शिष्टाचार भेट गरेका छन् ।

प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए । यसनिम्ति अजरबैजानले गर्दै आएको अगुवाइप्रति उनले धन्यवाद दिए ।

उनले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षण गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास अगाडि बढाउनुपर्ने बताए ।

बाबायेभ सगरमाथा संवादका निम्ति उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि हुन् । नेपालको हिमालको रक्षा र वातावरणीय सुरक्षाका निम्ति आयोजित सगरमाथा संवादका लागि बधाई दिँदै उनले यसका सन्देश विश्व समुदायसमक्ष पुर्‍याउने बताए ।

भेटका अवसरमा नेपालका निम्ति अजरबैजानका गैरआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्