
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा काठमाडौंमा रहेका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले शनिबार (जेठ ३) शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे । उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे । संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उनले उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव नेपालका निम्ति उपयोगी हुने बताए ।
उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताए ।
त्यस अवसरमा नेपालका निम्ति जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । रासस