site stats
बाह्रखरी :: Baahrakhari
देश
कामदार हत्या आरोपमा दम्पती पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । 

४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी पक्राउ परेका हुन् । 

गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जंगलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । 

हत्या आरोपित दम्पतीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा ती दम्पतीले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

आरोपित दम्पतीले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटना लुकाउन शव जंगलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । 

आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्