site stats
बाह्रखरी :: Baahrakhari
देश
कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृत्यु

काठमाडौं । कारको ठक्करबाट काठमाडौंको मध्यबानेश्वरमा एक बालकको मृत्यु भएको छ । कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

Argakhachi Cement Island Ad

कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका बालक झाको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । 

कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । मृतक बालकका बुबा आलोक कुमार लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्