site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
५२ पदाधिकारीविरुद्धको रिटमा बहस सकियो, जेठ २८ गते फैसला सुनाइने

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बहस सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति पनि तोकेको छ । 

साढे चार वर्ष पुरानो मुद्दाको बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ । यस्तै, यही जेठ २८ गतेका लागि निसु (फैसला सुनाउने मिति तय) भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्