site stats
बाह्रखरी :: Baahrakhari
देश
सई राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले प्रहरीका नायव निरीक्षक (सई) राजनबहादुर खड्कालाई सम्मान गरेको छ । लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा रहेका खड्कालाई उत्कृष्ट अनुसन्धानकर्ता घोषणा गरेर सम्मान गरिएको हो ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले खड्कालाई वैशाख महिनाको उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका हुन् ।

अपराध अनुसन्धान, गुन्डागर्दी तथा संगठित अपराधमा राम्रो काम गरेको भन्दै उनलाई पुरुस्कृत गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्