site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको नीति तथा कार्यक्रमनिम्ति एमालेको २२ बुँदे सुझाव

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमकेन्द्रित भई सरकारलाई २२ बुँदे सुझाव दिएको छ । एमाले कोसी प्रदेश कमिटीको छैटौँ पूर्ण बैठकद्वारा गठित सुझाव कार्यदलका तर्फबाट बिहीबार (जेठ १) मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई २२ बुँदे लिखित सुझाव दिइएको हो । कोसी प्रदेशसभाको बजेट अधिवेशन जेठ ४ गते सुरु हुँदै छ ।

एमाले कोसीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, एमाले कोसी अध्यक्ष घनश्याम खतिवडा, एमाले कोसी संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपलगायत नेताले सुझावपत्र मुख्यमन्त्री कार्कीलाई बुझाए ।

एमाले कोसी प्रदेशले सम्पन्न हुने चरणका आयोजनालाई प्राथमिकतासाथ सकाउनुपर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गको कोरिडरमा परेका जिल्लाहरू ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरका मुख्य सहर तथा बजार केन्द्रलाई समेट्ने गरी कम्तीमा पाँच/पाँच योजना दिनुपर्ने, भर्खरै सम्पन्न कोसी लगानी सम्मेलनमा निजी लगानीकर्ता र लगानीको आयोजना तथा क्षेत्रले नसमेटिएका जिल्ला र क्षेत्रलाई बजेट तथा कार्यक्रमले समेट्ने विषयमा ध्यान दिनलगायत विविध सुझाव दिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्