site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी सांसदको प्रश्न– अघोषित लोडसेडिङ हुन थालेको ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएपछि बिजुली जान थालेको गुनासो आएको बताए ।

“भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,” उनले भने, “के यो अघोषित लोडसेडिङ हो ?या कमजोर व्यवस्थापनको परिणाम हो ?”

Argakhachi Cement Island Ad

उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरे ।

“कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने ?,” उनी भन्छन्, “प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो ?”

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्