
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा तानिएकी नेपाली कांग्रेसकी सांसद माया राई १० लाख धरौटीमा रिहा भएकी छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश गरेको थियो । आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेकी राईले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी थिइन् । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।
सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे दुई करोड रुपैयाँ अपचलन भएको अभियोग लागेको छ ।