site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रिटेनले कडा आप्रवासन नियम ल्याउँदै, कस्तो छ नयाँ नीति ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले देशको आप्रवासन प्रणालीमा पूर्ण सुधार गर्ने प्रतिज्ञा गरेका छन् । 

भिसा आवेदकहरू र उनीहरूका वयस्क आश्रितहरूका लागि अंग्रेजी भाषा परीक्षा कडा बनाउनेलगायत सुधारहरू विचाराधीन रहेको बताएको बीबीसीले जनाएको छ ।

आप्रवासन प्रणालीको सुधार योजनाअनुसार आप्रवासीहरूले बेलायतमा स्थायी बसाई अनुमति प्राप्त गर्न आवेदन दिएपछि दश वर्षसम्म पर्खनु पर्नेछ । यसअघि पाँच वर्षपछि स्वतः रूपमा बसाइ अनुमति प्राप्त गर्ने व्यवस्था थियो ।

ब्रिटेनमा लामो समयदेखिको लेबर पार्टीको प्रतिक्षित आप्रवासन नीति सोमबार प्रकाशित हुने बताइएको छ । यो नीतिले ‘नियन्त्रित, चयनात्मक र न्यायपूर्ण’ प्रणाली सिर्जना गर्ने प्रधानमन्त्रीले दाबी गरेका छन् ।

प्रतिपक्ष नेता तथा ब्रिटेनका छाया गृहमन्त्री क्रिस फिल्पले भने प्रधानमन्त्री सर किएरको आप्रवासन नीति कडा बनाउने तयारी हास्यास्पद भएको टिप्पणी गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro