site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले चीनसँग व्यापार सम्झौताको गर्‍यो घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको छ ।

“मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ, अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्,” अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “यस सम्झौताको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ । यसको विवरण भोलि जारी गरिनेछ ।” 

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरल पछिल्ला दुई दिन धेरै रचनात्मक भएको बताएका छन् । “हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सक्षम भयौँ, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ,” ग्रीरले भने ।

उनका अनुसार अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro