देश

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथ र मिमनाथको रथ आज महिलाहरूले मात्र तानेका छन् । रथ तानेर थटिटोलसम्म पुर्याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइनेछ ।
किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एकजना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ १३:११
प्रतिक्रिया दिनुहोस्