site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण : धरौटीमा छुट्ने आदेशलगत्तै रोका पुनः पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रतिवादी अमला रोका दुई लाख धरौटीमा छुटेकी छन् । काठमाडौं जिल्ला अदालतको धरौटी तारेखमा छोड्ने आदेशसँगै रिहा भएकी रोकालाई प्रहरीले पुनः पक्राउ गरेको छ । 

सुन तस्करी र व्यवस्थापनमा संलग्न भएको प्रमाणसहित प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अमलालाई प्रतिवादी बनाएको थियो । तर, सोमबार काठमाडौं जिल्ला अदालतको आदेशमा छुटे लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नियन्त्रणमा लिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उहाँलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ,” सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी होवीन्द्र बोगटीले बाह्रखरीसँग भने ।

 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्