site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राजौरीबाट दुखद खबर आएको छ । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजोमात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए । मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।” 

उनले लेखेका छन्, “आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो । र, आक्रमणमा उनको मृत्यु भयो ।”

उमर अब्दुल्लाहले राजौरी सहरमा पाकिस्तानले गोलाबारी  गरिरहेकाे बताएका छन् ।  बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro