
काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरबाट फेरि गोलाबारी भएको खबर आएको छ । बीबीसीका अनुसार कुपवाडा, उरी र पुंछको कर्नाह र तंगधारमा साँझ ७ः२० बजेतिर गोलाबारी सुरु भयो।
समाचार एजेन्सी एएनआईका अनुसार, उरी क्षेत्रमा गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो । यसबाहेक, पठानकोटमा उपस्थित बीबीसी टोलीले विस्फोटको आवाज सुनेको छ ।
यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन् । सोफिया कुरेशीले भनिन्, "पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो।"
उनका अनुसार, पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोनहरू छोडिएको थियो ।