site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी उपराष्ट्रपतिले भने– भारत र पाकिस्तानको युद्धको बीचमा अमेरिका संलग्न हुँदैन

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको युद्धमा अमेरिका संलग्न नहुने बताएका छन् ।

“हामीले गर्नसक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास हो, तर हामी युद्धमा जाने छैनौँ । त्यो हाम्रो काम होइन,” भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भनेका छन् । 

उनले कूटनीतिक माध्यमबाट युद्ध अन्त्यका लागि प्रयास भने जारी राख्ने बताएका छन् । 

अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको तनाव ठूलो क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा गरेका छन् ।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा आक्रमण हुँदा जेडी भान्स श्रीमती र बच्चाहरूसँग भारत भ्रमणमा थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro