site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको दूरदर्शन भन्छ– पाकिस्तानले जम्मू क्षेत्रमा मिसाइल प्रहार गर्‍यो

काठमाडौं । पाकिस्तानले बिहीबार राति भारतको जम्मू क्षेत्रमा मिसाइल प्रहार गरेको भारतीय सरकारी टेलिभिजन च्यानल दूरदर्शन (डीडी) न्यूजले भारतीय रक्षा स्रोतहरूलाई उद्धृत गर्दै  बताएको बीबीसी हिन्दीले जनाएको छ । यसक्रममा पाकिस्तानले आठवटा मिसाइल प्रहार गरेको र यसको लक्ष्य सतवारी, सांबा, आरएसपुरा र अर्निया जस्ता स्थानहरू भएको समाचारमा बताइएको छ ।

यी सबै मिसाइलहरू भारतीय हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी निरस्त्र बनाएको समाचारमा बताइएको छ ।

यसैबीच, जम्मू–कश्मीरको राजौरीमा पूरै ब्ल्याकआउट गरिएको छ । पाकिस्तानी गोलीबारीमा पछिल्लो केही घण्टामा हताहत भएका सबै व्यक्ति यसै क्षेत्रमा भएको समाचारमा बताइएको छ । कश्मीरको अर्को स्थान पुँछमा पनि पूरा ब्ल्याकआउट गरिएको र त्यहाँ हवाई साइरन (एयर रेड)को आवाज सुनिएको छ ।

भारतीय सेनाका अनुसार, पाकिस्तानले जम्मू, पठानकोट र ऊधमपुरस्थित सैनिक अड्डाहरूमा मिसाइल र ड्रोन हमला गरेको थियो । तर, ती सबै निस्प्रभावी बनाइएको छ । यी हमलामा कुनै पनि जनधनको क्षति नभएको समाचारमा उल्लेख छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro